सरकार र विप्लव समूहवीच वार्ता हुने

फागुन १९ । सरकार आफैले प्रतिवन्ध लगाएको विप्लव समूहसँग वार्ता गर्न टोली बनाएको छ । मंगलबार सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा २ सदस्यी वार्ता टोली बनाएको हो । सरकारले टोली बनाए लगत्तै विप्लव समूहलेसमेत वार्ता टोली बनाएको छ । दुवै पक्षले वार्ता टोली गठन गरेपछि सरकार र विप्लव समूहको वार्ता निश्चित भएको हो ।
सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले र विप्लवको वार्ता टोलीको नेतृत्व खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गर्दैहुनुहुन्छ । सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई हुनुहुन्छ भने विप्लव वार्ता टोलीको सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ हुनुहुन्छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबैलाई शान्ति प्रक्रियामा ल्याउने काममा सरकार रहेको बताउँदै सोही प्रक्रियामा वार्ताका लागि गृहमन्त्रीको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: