नवलपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

फागुन १८ । नवलपुर जिल्लाको देवचुली–२, दुम्कौलि चोक स्थित नवनिर्मित कल्भर्ट नजिक ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुबै ट्रकका चालक मकवानपुर घर भएका ३४ वर्षका रामकुमार न्यौपाने र कास्की घर भएका ५१ बर्षका खिम बहादुर बिकको ज्यान गएको रजहर प्रहरीले जनाएको छ । दुई जना सहचालक गम्भिर घाइते भएका छन् ।

पुर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिम बाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किदा उनीहरुको ज्यान गएको हो । राति १२ बजे दुर्घटना भएको हो ।

ट्रकबाट एक घाइते उद्दार गर्न दुई घण्टा र दुवै मृत शरिर निकाल्न साढे तिन घण्टा समय लागेको स्थानीय दिपक शर्माले जानकारी दिनुभयो ।
प्रहरी, जेसिबि अपरेटर, बुटवल–नारायणगढ परियोजनाका क्रेन अपरेटर लगाएत सम्पूर्ण स्वयंसेविको मद्दतले आज एकजना घाइतेको सकुशल उद्दार गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: