शहीद सप्ताहको पहिलो दिन नेकपा कावासोतीको कार्यक्रम

फागुन १४ । जनयुद्धका प्रथम शहीद दिल बहादुर रम्तेलको स्मृति दिवशको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) कावासोती नगर कमिटिले आज एक कार्यक्रम गरी सम्झना गरेको छ । जनयुद्ध लडेका कम्युनिष्ट पार्टीहरूले फागुन १४ गतेदेखि २१ गतेसम्मलाई शहीद सप्ताहको रूपमा मनाउँदै आएका छन् । सोही अनुरुप आज पहिलो दिन शहिद रम्तेलको योगदानलाई सम्झिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कावासोती नगर कमिटि सचिव रमिला भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य किशन शर्मा प्रमुख अतिथि रहनु भएको थियो । शर्माले शहीदहरूको योगदानलेनै अहिलेको उपलब्धि आएको भन्दै शहीदहरूको योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य कृण्ण पौडेल, शहीद परिवार सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) जिल्ला सचिव मित्रशरण शर्मा विहानीले श्रद्धाञ्जली मन्तव्य राख्दै शहिदहरुको सपनालाई साकार पार्न अहिलेका दलहरु बिचलित हुन नहुने बताउनुभयो । कार्यक्रम नयाँ नेपाल शहीद स्मृति प्रतिष्ठान, पुष्पलाल स्मृति प्रतिष्ठान, क्रान्तिकारी माओवादी लगायतको उपस्थितिमा भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: