विदेशका उपहार नेपालभर सजिलै पाउन सीवी अनलाईनसप संचालनमा

फागुन १६ । विदेशका सामान आफन्तको हातसम्म पुर्याइदिन सीवी अनलाइनसप संचालनमा आएको छ ।

नेपालमा अनलाइनसप https://cbonlineshop.com/  भएपनि देशैभर डेलिभरीको व्यवस्था पाउन कठिन छ । साथै विदेशबाट उपहार पठाएपनि काठमाण्डौमा लिनजानुपर्ने कतिपय अवस्था समेत यथावत रहेको छ । यी र यस्ता कठिनाइलाई सजिलो बनाउन नेपालभर डेलिभरीको व्यवस्था सहित सीवीअनलाइसप संचालनमा ल्याएको प्रवन्धक सन्तोष चोखालले जानकारी दिनुभयो ।

May be an image of text that says 'CB ONLINE SHOP By CB Corporation अब विदेशका उपहार नेपालमा हामिबाट सजिले पाउनुहोस Ο iphone ipad (नेपालभर डेलिभरिको व्यबस्था) FOR MORE DETAILS 056-531870 9855013615 9867003211'

यस अघि जापानमा सीवी कर्पोरेशन जापान स्थापन गरी सोही देशका सामान जापानभर र नेपालमा पनि ल्याइपुर्याउने सेवा दिइरहेको उक्त कम्पनीले नेपालमा पनि सीबी कर्पोरेशन नेपाल स्थापना गरी संचालनमा ल्याएको हो ।
अब अनलाइनबाट आफूलाइ मन पर्ने सामान किन्न सकिने र त्यसको डेलिभरि सहितको सुविधा उपलब्ध गराउने नयाँ सोचका साथ यो संचालनमा ल्याइएको चोखालको भनाई छ ।
अहिलेको समय डिजिटल समय भएको र बजार बजार डुलेर सामान किन्ने व्यक्तिहरुको कमी हुँदै डिजिटल प्लेटफर्मबाट सामान छनौट गरी खरिद गर्नेहरु बढ्दै जाँदा उनीहरुको चाहानलाइ पुरा गर्न आफू आतुर रहेको अनलाइन सप संचालनमा ल्याएको बताउनुभयो । लामो समय जापामा रहेर सेवा दिइरहनुभएका चोखालले सोही देशको समयलाई पालना गर्दै ग्राहकको इच्छा अनुसार समयमै सुपथ मुल्यमा अनुशासनपूर्वक सेवा प्रदान गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: