मोदीले पनि लगाए कोरोना विरुद्धको खोप

फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको पहिलो डोज लगाएका छन् ।

आज विहान सामाजिक संजालमा आफूले खोप लगाएको फोटो सार्वजनिक गर्दै छोटो समयमै आफ्नो देशका चिकित्सक तथा वैज्ञानिकहरुले खोप पत्ता लगाउन सकेको भन्दै धन्यवाद भनेका छन् ।

साथै उनले सवैलाई खोप लगाउन पनि आह्वान गरेका छन् । उनले एम्स अस्पतालमा खोप लगाएका हुन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: