पौष १३ । यो चिसो मौसममा सडकमा बसेर आफ्नो पसीनाको ज्याला दिन माग गरिरहेका उखु किसानको पीडा बल्ल सरकारले सु्नेको छ ।
सरकार र उखु किसानबीच आज २१ दिनमा भुक्तानी गर्ने सहित ४ बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो ।
सहमतिअनुसार किसानलाई भुक्तानी दिनुपर्ने उद्योगहरुबाट २१ दिनभित्रमा उपलब्ध गराउने, तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरुलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने भएपछि सहमति बनेको हो ।
काठमाडौंमा १६ दिनदेखि गरेको धर्ना प्रदर्शन पनि स्थगित गर्नमा किसानहरु सहमत भएका छन् । त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने पनि सहमति भएको छ ।
हुर्नुहोस सम्झौता पत्र
बल्ल गल्यो सरकार उखु किसानसँग, ४ बुँदे सहमतिपछि आन्दोलन पनि स्थगित (सम्झौता पत्र सहित)
