अव चुनावमा लाग्नुहोस : महामन्त्री कोइराला

पौष १३ । नेपाली काँग्रेसका महामन्त्री डा शसाक कोइरालाले अव चुनाव नै देशलाई निकास दिने उत्तम बाटो भएको बताउनुभएको छ ।

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको व्यवस्थालाई आफू खुसी व्याख्या गरी सार्वभौम सम्पन्न प्रतिनिधि सभा विघटन गरेको भन्दै संविधानकै रक्षाका लागि पनि चुनाव आवश्यक भएको बताउनुभयो ।
“केपी शर्मा ओली आफैले घोषणा गरेको चुनाव हुन्छ हुँदैन ग्यारेन्टी छैन, महामन्त्री कोइरालाले भन्नुभयो, अव आउने चुनावको तयारीमा लाग्नुपर्छ । साथै म आह्वान गर्न चाहान्छु अव काँग्रेसलाइ जिताउनु । दुख पाइने छैन ।”

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनलाई आत्मसाथ गर्दै मतदाताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।नेपाली कांग्रेस नवलपुर क्षेत्रनम्वर १ मा आज गैंडाकोटमा आयोजित विरोध सभामा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले सत्तामा बसेर भ्रष्टाचार बढाउने बाहेक कुनै परिवर्तनका लागि काम गर्न नसकेको आरोप लगाउनुभयो ।

निर्मला बलात्कार काण्डका अभियुक्तलाई कारबाही गर्न समेत नसकेको भन्दै कोइरालाले कोरोना नियन्त्रण गर्न पर्ने समयमा सरकारले भ्रष्टाचार बढाउने काम मात्र गरेको बताउनुभयो ।

कांग्रेसले नवलपुरका २ संघीय निर्वाचन क्षेत्रमा आज गैंडाकोट र चोरमारामा संसद् विघटनविरुद्ध सरकारको आलोचना गर्दै विरोध सभा सम्पन्न गरेको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: