सालक मारेर खाने चितवन माडीका २ जना पक्राउ

चितवन,पौष १३ । सालक मारेर खाने चितवन माडीका २ जना पक्राउ परेका छन् ।

हिजो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र माडी नगरपालिका वडा न ९ बाँदरझुलाबाट सालकलाई मारेर सुकुटी बनाई खाने र तीनको अखेटोपहार (खपेटा) बिक्री बितरण गर्ने २ जनालार्इ निकुञ्जको विशेष अपरेशनबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा २ पुरुष रहेको र उनीहरुको साथबाट ३७५ ग्राम सालकको खपेटा,सालक मार्न प्रयोग भएको जाल र पासो समेत बरामद गरिएको र थप अनुसन्धान भईरहेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ । साथै हिजै सोहि स्थानबाट यसअघि चितुवा मारेर फरार रहेका पञ्चलाल प्रजालाई पनि पक्राउ गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: