२ अर्नालाई बाघले खायो

चितवन, पौष १३ । आज चितवन राष्ट्रिय निकुञ्जको कोर ईलाकामा पर्ने पदमपुर फाँटामा रहेको २ वटा अर्नाको मृत्यु भएको छ ।

ईन्क्लोजरमा २ वटा अर्नालाई बाघले आक्रमण गरी मृत अवस्थमा फेला पारिएको निकुञ्जले जनाएको छ । कोसिटाप्पु वन्यजन्तु आरक्ष (१२) र सदर चिडियाखानाबाट (३) ल्याईएका १५ मा यसअघि ६ वटा बाढी, प्राकृतिक र बाघको आक्रमणले मृत्यु भएको र पुरानो स्थानान्तरित ७ पोथी र २ भाले अर्ना गरी जम्मा ९ वटा बाँकी रहेकोमा हालसम्म नवजात ६( ३ भाले, २ पोथी र हालै जन्म भएका १ लिङ्ग पहिचान नभएको) गरी कूल जम्मा १५ वटा अर्ना इन्क्लोजरमा भएकोमा पुन यी माउ पोथी दुईको मृत्युले गर्दा स्थानतरित ७ र नयाँ जन्म ६ गरी १३ वटा रहन गएको छ ।

आक्रमण गर्ने बाघलाई निकुञ्जको प्राविधिक टोलीले आजै नियन्त्रणमा लिएर अन्यत्र निकुञ्जको कोर ईलाकामा छाडेको जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: