काँग्रेसले पौष १३ देशभर प्रदर्शन गर्ने

पौष १२ । नेपाली काँग्रेसले देशभर प्रदर्शन गर्ने भएको छ । जनताको सार्वभौम सम्पन्न संसद विघटनाको विरुद्ध देशभर प्रदर्शन गर्ने काँग्रेसले जनाएको छ । सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।
हिजो अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले आह्वान गर्नुभएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: