संसद विघटन गर्न प्रधानमन्त्री ओलीद्वारा सिफारिस

पौष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ ।

पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: