डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीलाई

पौष ५ । सुमी मोक्तान र बिजु पार्की जोडीले डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शोमा उहाँले उपाधि हात पार्नुभएको हो । शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै उहाँहरुको जोडी विजेता बनेर २० लाख नगदसहित अन्य पुरस्कारहरू पाउनुभएको छ ।

यस्तै फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ।

दर्शकले गरेको भोटिङका आधारमा विजेता चयन गरिएको हिमालय टेलिभिजनले जनाएको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: