आज थप ८९९ जनामा संक्रमण, थप १५ जनाको मृत्यु

मंसिर २७ । नेपालमा आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाँच हजार २४२ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

आज मात्रै देशभर कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ सय ८९ पुगेको छ । देशभर थप १३ सय ५९ जना कोरोनामुक्त भएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ३४ हजार २३१ पुगेको छ । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: