माडीमा करिव ९ सय बिपन्नहरुको आवास निर्माण हुँदै

काठमाण्डौ, मंसिर ५ । माडी नगरपालिकाले चालू आर्थिक बर्षमा करीब ९ सय बिपन्न र सुकुम्बासी परिवारको आवास निर्माण गरिदिने भएको छ। बिपन्नताको परिचयपत्रका आधारमा तीन श्रेणीमा विभाजन गरी अति बिपन्न परिवारहरुका लागि घर बनाउने नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस कार्यक्रम अन्तरगत कहिँकतै घरजग्गा नभएका सुकुम्बासी, अपांग, ज्येष्ठ नागरिक र असक्त परिवारहरुका लागि जस्तापाताले छाएको ३ कोठे घर निर्माण हुने छ । त्यसैगरी, न्यूनतम् आय रहेका तर आर्थिक रुपमा कमजोर परिवारहरुलाई एकदिनमा निर्माण हुने टहरो बनाई बारबेरको लागि केहि रकम प्रदान गरिने योजना रहेको छ ।

त्यस्तै, केहि कठ्ठा जग्गा जमीन भएपनि खरको छानोयुक्त घर भएका परिवारहरुलाई जस्तापाता छाउने व्यवस्था गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो ।।

Leave a Reply

Scroll to Top
%d bloggers like this: