ड्रोन बनाए माडीका युवाले, परीक्षण समेत सफल

काठमाण्डौ, मंसिर ६ । माडी नगरपालिका ५ नयाँपिपरियाका युवा सक्षम बरालले मेडिकल ड्रोन बनाई उडानको सफल परीक्षण समेत गर्नुभएको छ ।
प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आउनुएका बरालले ड्रोन बनाई सफल उडान गर्नुभएको हो । उहाँले बनाएको ड्रोनले मेडिकल वा अन्य सामग्रीहरु बोक्न सक्ने तथा क्यामेरा जडान गरी फोटो र भिडियो समेत खिंच्न सकिने छ। माडी नगरप्रमुख ठाकुर ढकाल, प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकाल, वडाध्यक्ष रामबन्धु पोख्रेल, दिवाकर स्मृति विद्यालयका अध्यक्ष ओवनाथ पाण्डे एवं परिवारजन र सञ्चारकर्मीहरुको उपस्थितिमा बसन्तपुरस्थित दिवाकर रंगशालाको चौरमा ड्रोनको सफल परीक्षण गरिएको थियो।

बरालले यसअघि रिमोटबाट चल्ने हवाईजहाजको नमुना र हाइड्रोलिक प्रविधिबाट जे।सि।बी। डोजरको नमुना निर्माण गरी परीक्षण समेत गर्नुभएको थियो । यसपटक ड्रोन बनाउन बराललाई माडी नगरपालिका र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको आर्थिक एवं प्राविधिक सहयोग गरेको थियो । एस।इ।इ। तहसम्म दिवाकर स्मृति विद्यालयमा अध्ययन गर्नुभएका बराल हाल भरतपुरस्थित अंकुरम एकेडेमीमा कक्षा ११ मा कम्प्युटर साइन्स विषय पढिरहनुभएको छ । आफै प्रेरित भएर ड्रोन बनाएको बताउनुभयो । परीक्षण सफल भएपछि खुसि हुँदै सक्षमले भन्नुभयो,“सेल्फ मोटिभेट भएर बनाएको र चाँडै भरतपुरमा पनि यसको उडान गरी देखाउने बताउनुभयो । ” आफूलाई यो ड्रोन बनाउन ३ दिन लागेको उहाँले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: