नेवार समुदायमा भाइटीका लगाएसँगै यस वर्षको तिहार सकियो

मंसिर २ । आजबाट तिहार सकिएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै सकिएको हो ।

नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कुल परम्परा रहेकाले त्यस समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धा, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।

बालगोपालेश्वर मन्दिर आज पनि बिहानदेखि नै खुला छ । यमपञ्चक भने सोमबार नै सकिएको हो । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो ।
सोमबारदेखि नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ पनि सुरु भएको छ । एक हजार १४१ वर्षअघि शङ्खधर साख्वाले नेपाल संवतको सुरुआत गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: