काठमाडौंका सीडीओलाई कोरोना संक्रमण

कार्तिक १३ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल लाई कोरोना संक्रमण पुष्टि भएको छ । दाहालले आज गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो । अहिले उहाँ होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: