घारखोलाले बगाएर एक महिला वेपत्ता

बेनी, २३ साउन ः म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला वेपत्ता भएकी छिन् ।

अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५÷५६ वर्षकी टिकामति परियार बिहीबार साँझदेखि वेपत्ता भएको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार घारबाट पाउद्धार तर्फ जानका लागि खोला तर्ने क्रममा वेपत्ता भएकी परियारको खोजी जारी छ । घार प्रहरी चौकीबाट खटिएका प्रहरी सहित स्थानीयबासीहरुले खोजी गरेका थिए ।

शुक्रबार बिहानै देखि वेपत्ताको खोजी कार्यलाई निरन्तरता दिएको प्रहरी नायव उपरिक्षक कुँवरले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: