विश्वकर्मा उत्थान समाज बागलुङद्धारा पहिरो पिडितलाई सहयोग

बेनी, ७ साउन । विश्वकर्मा उत्थान समाज बागलुङले म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितलाई बुधबार आर्थिक सहयोग गरेका छन् ।

बागलुङ बजारमा घरदैलो र समाजका पदाधीकारी तथा सदस्यहरुबाट संकलित बिस हजार रुपैयाँ जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी मार्फत धवलागिरी गाउपालिकाका प्रशासन तथा योजना अधिकृत कृष्ण सुवेदीलाई हस्तान्तरण गरिएको हो ।

समाजका अध्यक्ष कर्णबहादुर विश्वकर्मा, विश्वकर्मा समाज म्याग्दीका अध्यक्ष तप्तबहादुर विश्वकर्मा, संस्थाका सल्लाहकार ताराबहादुर विश्वकर्मा, टिकाकुमारी विश्वकर्मा र भक्तबहादुर विकको टोलीले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सो कार्यक्रममा जिससका शाखा अधिकृत गोविन्द सुनारको पनि उपस्थिति थियो । विभिन्न ठाउँबाट बागलुङ बजारमा बसाइसराई गरेर आएका विश्वकर्माहरुले गत असार महिनामा समाज गठन गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: