सडक निर्माणमा नेकपाका कार्यकर्ताले श्रमदान गरे

बेनी, ३२ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सडक निर्माण योजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले श्रमदान गरेका छन् ।

पार्टीको केन्द्रीय नीति अनुसार दूधेखोला–हलेगौडा–भकिम्ली सडक आयोजनामा श्रमदान गरेका हुन् । वर्षमा एक दिन विकास आयोजनामा श्रमदान गर्ने नेकपाको नीतिमा उल्लेख भए अनुसार काम गरिएको वडा कमिटिले जनाएको छ ।

३० जना कार्यकर्ताहरुलाई समूह समूह बनाएर विभिन्न खण्डमा सडक ढलान गर्ने काममा एक दिन परिचालन गरिएको नेकपा वडा कमिटिका अध्यक्ष खिमबहादुर पुनले बताउनुभयो ।

बेनी नगरपालिकाको साठी लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत दूधेखोला भकिम्ली सडकको विभिन्न ठाउँमा सडक फराकिलो पार्ने, नाली बनाउने, सोलीङ र ढलान गर्ने काम भैरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: