बेनी अस्पतालमा छ सय थान आरडिटि किट आयो

बेनी, ३० जेठ । बेनी नगरपालिका–३, भकिम्ली जन्मघर भै काठमाडौमा व्यवसाय गर्दै आएका रबिन कँडेलको पहलमा बेनी अस्पताललाई छ सय थान कोरोना परिक्षणको आरडिटि किट उपलब्ध भएको छ ।

कोरोना महामारीको रुपमा फैलिएको समयमा कोरोना जाँचका लागि पहिलो माध्यम मानिने आरडिटि किट शुक्रबार युवा व्यवसायी कँडेलले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभयो ।

कँडेलले प्रजिअ ढकाललाई हस्तान्तरण गरे लगत्तै ढकालले बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई उपलब्ध गराउनुभएको थियो ।

प्रजिअ ढकालले आफ्नो भूमिका लागि जो कसैले पनि सामाजिक क्षेत्रमा यस्तै प्रकारले भूमिका खेल्नु पर्ने बताउनुभयो ।

कँडेलले आफ्नो जन्मभूमिका लागि आवश्यक पर्ने सामग्री ल्याउनका लागि भूमिका खेल्न पाएकोमा खुशी लागेको बताउनुभयो । कँडेलले आगामी दिनहरुमा पनि आफ्नो जन्म भूमिको हितमा हुने काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग समन्वय गरेर बेनीमा आरडिटि किट ल्याउनका लागि उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।

अध्यक्ष कटुवालले आगामी दिनहरुमा पनि आफ्नो जिल्लाका लागि सामाजिक कार्यमा अग्रसर भएर काम गर्ने हौसला मिल्नेमा आशा ब्यक्त गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: