दोवा र बेगमा १५ शैयाको अस्पताल

बेनी, ४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–१ दोवा र रघुगंगा गाउपालिका–१ बेगको स्वास्थ्य चौकीलाई स्तरोन्निति गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोवा र बेग स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्निति गर्ने निर्णय गरेको हो । गत वर्ष धवलागिरी गाउँपालिकाको ताकम र मंगला गाउपालिकाको अर्मन स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाउने निर्णय भएको थियो ।

दुवै ठाउँको स्वास्थ्य चौकीमा पूर्वाधार विस्तारका लागि जग्गा व्यवस्थापन गरिएपनि थप काम अघि नबढेको अवस्थामा थप २ स्वास्थ्य चौकी बनाउने निर्णय भएको हो । १५ शैयाको अस्पतालमा प्रसुति सेवा सहित चिकित्सकको व्यवस्था सहित दरबन्दि थपिने व्यवस्था छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: