करेन्ट लागेर दुवै हात गुमाएका पुनको उपचारमा सहयोगको अपिल

बाबियाचौर, १ जेठ । करेन्ट लागेर दुवै हात गुमाएका मंगला गाउपालिका–२ बाबियाचौरका खिमबहादुर पुनको उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

काठमाडौमा उपचार गराइरहेका पुनको सहयोगका लागि बाबियाचौरको मंगला युथ क्लवले अभियान सञ्चालन गरेको हो । बैशाख १२ गते दरवाङ नजिकै विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा पुनलाई करेन्ट लागेको थियो ।

उनको काठमाडौको किर्तीपुर अस्पतालमा उपचार भइरहेको छ । पुन नेपाल विद्युत प्राधिकरणको करार सेवाका कर्मचारी हुन् । प्राधिकरणले पनि केही सहयोग गरेको छ । उपचारमा महँगो खर्च लाग्ने र परिवारको अवस्था कमजोर भएकाले सहयोग जुटाउन अभियान चलाएको क्लवका विकास केसीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: