सिमा अतिक्रमण विरुद्ध क्षेत्री समाजको ज्ञापनपत्र

बेनी, ३१ वैशाख । सिमा अतिक्रमणको बिरोधमा क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

समाजका अध्यक्ष बिरबहादुर थापा क्षेत्री र सचिव देवेन्द्र घिमिरे क्षेत्रीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाउनुभएको थियो । सिमा समस्या समाधानका लागि चिन र भारतसंग त्रीपक्षिय वार्ताको पहल गर्न माग गरेको छ ।

भारतले नेपालको भूगोलमा सडक खनेर चिनसंग जोडेको विषयमा आपत्ति जनाउदै लिम्पीयाधुरी, लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्य प्रमाण अनुसार अन्तराष्ट्रिय अदालतको सहयोग माग्न क्षेत्री समाजले माग गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: