मानव-चितुवा द्वन्द व्यवस्थापन

सन्तोष खनाल
बेनी, १६ वैशाख ।

नेपालमा पाईने बिरालो परिवार भित्र पर्ने १२ थरी प्रजाती मध्ये चितुवा एक हो । यसको अंग्रेजी नाम कमन लियोपर्ड र बैज्ञानिक नाम पान्थेरा पार्डस हो । चितुवाले खासगरी पहाडी क्षेत्रका वनजंगलका शाकाहारी तथा रोगी जनावरहरुको संख्या नियमन गरी पारिस्थितिकिय प्रणालीलाई स्वस्थ राख्न सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ ।

चितुवाको टाउको गोलो, नाक छोटो, पुच्छर लामो, नंग्रा तिखा, दाँत बलिया हुन्छन । यसको शरीरभरी छालामा पहेंलो भूईमा कालो थोप्लाहरु हुन्छन । बयस्क भाले चितुवाको शरिरको लम्बाई १९१ सेन्टिमिटरसम्म, पुच्छरको लम्बाई ११० सेन्टिमिटरसम्म र तौल ७५ केजि सम्म हुन्छ भने पोथी ४० केजि सम्म तौल भएको हुन्छ । चितुवा आकारमा पाटे बाघ र हिउँचितुवा भन्दा सानो हुन्छ । चितुवाको गर्भधारण अवधि सरदर ९० दिनको हुन्छ र एकपटकमा २(३ वटा बच्चा जन्माउँछ । ति वच्चाहरु ३ बर्षको उमेरमा बयस्क हुन्छन र १५(२० बर्षसम्म बाँच्दछन । चितुवा तिब्र गतिमा दौडिन, पौडिन, रुखमा चढ्न र हाम फाल्न सिपालु हुन्छ ।

सामुदायिक वनको विकासको कारण नेपालका अन्य जिल्लामा जस्तै म्याग्दीमा समेत चितुवाको संख्यामा बृद्दि भएको अनुमान गरिएको छ साथसाथै मानव(चितुवा द्वन्दका घटनाहरु समेत एक्कासी बढेको पाईन्छ । मानिसले चितुवालाई गर्ने हानी नोक्सानीको तुलनामा चितुवाले मानव तथा पशुधनमा गर्ने हानी नोक्सानी बढेको सुन्न पाईन्छ । चितुवा जंगलमा बस्ने, रातको समयमा विचरण गर्ने र मांशाहारी प्राणी भएकोले यसको वासस्थानको विनास, खण्डिकरण, अतिक्रमण, आहारा प्रजाती ९ रतुवा मृग, घोरल, व्वाँसो, नाउर, लोखर्के, दुम्सी, खरायो, बाँदर, मुसा आदी ० को अभाव र आन्तरिक समस्या ९ घाईते, अस्वस्थता र अपांगता० ले गर्दा द्वन्द बढेको बताईन्छ ।

चितुवावाट हुन सक्ने मानवीय र पशुधनको क्षतीको न्यूनीकरणका लागि बिभिन्न सावधानीहरु अपनाउनु पर्दछ । जस्तैः घरपालुवा जनावर ९बाख्रा, भेडा, चौरी, कुखुरा, कुकुर० का लागि सुरक्षित खोर बनाउने, बनजंगल र घरगोठको विचमा झाडी, बुट्यान सरसफाई गर्ने, साँझ परे पछि बालबच्चाहरुलाई घरभित्रै राख्ने र घर वरपर बत्ती बाल्ने, जंगलमा समूह बनाई हल्लाखल्ला गर्दै आवतजावत गर्ने । त्यसैगरी, सामुदायिक वनमा चितुवाका आहारा प्रजातीहरुको संरक्षण तथा वासस्थान व्यवस्थान गर्नु, चितुवाका वच्चालाई जिस्काउने, पक्रने, लखेट्ने, आगो लगाउने, मार्ने जस्ता क्रियाकलाप बर्जित गर्नु र चितुवालाई कुनै पनि उद्देश्यले ९छाला तथा हड्डी संकलन, बदलाभाव० ले शिकार नगर्नु अति आवश्यक छ । चितुवालाई शिकार गर्नु कानूनी दृष्टीले दण्डनीय समेत भएकोले शिकारीको सुराकी दिनु समुदायको पनि दायित्व हो ।

डिभिजन वन कार्यालयले घर, गोठमा आएका चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिई उद्दार, उपचार, स्थानान्तरण गर्ने र पिडितलाई क्षतीको आधारमा राहत उपलव्ध गराउने हुँदा यस सम्बन्धी घटनाको जानकारी डिभिजन वन कार्यालय, सम्बन्धित सव(डिभिजन वन कार्यालय र प्रहरी कार्यालयमा दिनु हुन र बन्यजन्तु तथा मानव समुदाय मिलेर बाँच्न सर्वसाधारण सबैमा अनुरोध गर्दछ ।

लेखक खनाल डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: