विश्व भेटेरिनरी दिवस २०२० एक विवेचना

   नारायण कुसुम

 

विश्व भेटेरिनरी दिवश हरेक वर्ष अंग्रेजी महिनाको अप्रिल महिनाको अन्तिम हप्ताको शनिवार मनाइन्छ । यस वर्ष अप्रिल महिनाको २५ तारिखमा परेको र “ENVIRONMENTAL PROTECTION FOR IMPROVING ANIMAL AND HUMAN HEALTH.” भन्ने नाराका साथ विश्वभर मनाइएको छ । यो दिवश सन २००० मा भेटेरिनरी प्रोफेसन मनाउने सिलसिलामा अप्रिल महिनाको अन्तिम साताको शनिवार मनाउने गरि सन २००० देखिनै शुरुआत भएको हो । भावि सन्ततिको लागि वातावरण संरक्षण गर्दै पशु स्वास्थ्य र पशु कल्याण कार्य गर्न विश्वभरका भेटेरिनरियनहरुले आफ्नो मुख्य दायित्व संझिदै वकालत गरिरहेका छन ।

          विश्व पशु स्वस्थ्य संगठन (OIE) ले पशुपन्छीहरु मानव भोग विलासका लागे पाले पनि यिनीहरुको पनि अधिकार हुन्छ र पशु पन्छी हुन भन्दैमा जथामावि रुपमा काटमार गर्न पाइदैन भनेर कानुन समेत निर्माण गरेको छ ।  एक विश्व एक स्वस्थको(One World One Health)अवधारणमा विश्वका कुनै कुनामा पालेका पशु पन्छीको उत्पादन विश्वको कुनै कुनामा पनि विश्व ब्यापार संगठनको सदस्य भै सकेको सन्दर्भमा लान ल्याउन पाउने अधिकार सुनिस्चत भएको हुंदा कोही कुनै पनि शिकार हुन सक्छन । विश्व भेटेरिनरी दिवशले पशुपन्छिको उचित पालनपोषण गरौं र पशु पन्छिको उपचार दक्ष पशु चिकित्सकद्धारा गुणस्तरीय आषधिको प्रयोग गरेर गरौं भन्ने अपेक्षा गरेको छ ।

          नेपालको सन्दर्भमा भेटेरिनरी सेवाको शुरुआत वि.स १९९६ मा पहिलो पटक भेटेरिनरी डिसपेन्सरी खुल्यो र पछि वि.स १९९७ मा पहिलो अस्पतालको रुपमा स्थापना भएको र क्रमश अधिराज्यभरी भेटेरिनरी अस्पताल र सिमा क्षेत्रमा पशु क्वारेन्टाइन चेक पोष्ट राखेर यो सेवाको विस्तार र विकास भएको पाइन्छ । अहिलेको नेपाल अधिराज्यको संविधान २०७२ अनुसार सन्दर्भमा यो सेवाको उपलब्धता पुन संरचना भइ संघियऽ प्रादेशिक र स्थानीय सरकारको माध्यमबाट भएको छ । संघिय सरकार अन्तर्गत पशु सेवा विभागऽ पशु रोग अन्वेषण प्रयोगशालाऽ भेटेरिनरी गुणस्तर तथा अषधि नियमन प्रयोगशालाऽ राष्ट्रिय खोप उत्पादन प्रयोगशालाऽ केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाऽ केन्द्रीय रिफरल पशु चिकित्सालय र  पशु क्वारेन्टाइन आदि कार्यालयको माध्यमबाट भेटेरिनरी सेवाको प्रवाह भएको छ । तेस्तै गरेर नेपाल कृषि अनुसन्धान परिषद अन्गर्गत राष्ट्रीय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानले पनि भेटेरिनरी सेवाको गुणस्तरमा भूमिका निर्वाह गरेको छ ।

          अधिराज्यको ७७ जिल्ला मध्ये ४७ जिल्लामा प्रदेश मातहतमा रहने गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मातहतमा २० संपर्क केन्द्र र स्थानीय तहमा महानगरपालिकाऽ नगरपालिका र गाउंपालिकामा पशु सेवा महाशाखाऽ शाखा राखि भेटेरिनरी सेवाको प्रवाह भएको छ । पशु अधिकारको सुनिश्चितताको लागि विश्व पशुपन्छी दिवश मनाएर पशुहरुको आधारभूत पांच अधिकार जस्तो

  • पशुपन्छिको भोक प्यास मेटाउन पाउने स्वतन्त्रता
  • आरामदायि ढङ्गले जिउन पाउने स्वातन्त्रता ।
  • रोगऽ घाउ र चोटपटकबाट स्वतन्त्रता ।
  • सामान्य आफ्नो वानी वा स्वाभाव देखाउन पाउने स्वतन्त्रता ।
  • डर त्रास र तनावबाट मुक्त रहन पाउने स्वतन्त्रत ।

       गुणस्तरीय भेटेरिनरी सेवाको लागि दक्ष पशु चिकित्सकबाट उपचारको लागि गुणस्तरीय पशु रोग निदान प्रयोगशाला हुन जरुरी छ । पशु रोग निदानको लागि प्रयोगशालाको गुणस्तरीय विकास गर्न जरुरी छ । जथाभावि रुपमा पशु पन्छीहरुमा भएको अषधिको प्रयोगले पशु तथा पशुजन्य पदार्थको माध्यमबाट मानवको स्वस्थ्यमा समेत असर पर्न सक्ने हुंदा पशु उपचारमा पनि भेटेरिनरी सेवाको उत्तिनै भहत्व छ । असल पशुपालन पद्धति र असल पशु उपचार पद्धति अपनाएर भेटेरिनरी सेवाको विस्तार हुन आवस्यक छ ।

       भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र म्याग्दी/मुस्ताङऽ नेपाल एनिमल साइन्स एसोसिएसनऽ नेपाल पाराभेटेरिनरी तथा लाइभष्टक एसोसिएसनको सहभागितामा वेनी बजारका छाडा गाइ गोरुलाइ दाना घांस खुवाएर र कुकुरमा रेविज विरुद्धको खोप लगाएर सिम्वोलिक रुपमा विश्व भेटेरिनरी दिवश मनाइएको छ ।

 

तेसैले विश्व भेटेरिनरी दिवश २०२० मा हामीले निम्न वुंदालाइ मनन गरौं ।

  • पशुपन्छी हाम्रा साथी हुन ।
  • पशु पन्छीले मानवको हरेक क्रियाकलापको मुल्याङ्कन गरिरहेका हुन्छन ।
  • हामी पशुपन्छीका लागि र पशुपन्छी हाम्रा लागि भन्ने मन्त्र नविर्सौ ।
  • पशुपन्छी भगवानका अवतारऽ प्रकृतिका अनुपम श्रष्टा हुन ।
  • पशु पन्छीको कल्याण भएमा मात्र मानव जातिको भलाइ संभव छ ।

 भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख रहनुभएका लेखक नारायण कुशुम पशु चिकित्सक हुनुहुन्छ । 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: