उत्साही समूहद्धारा विपन्नलाई खाद्यान्न वितरण

बेनी, १९ चैत । जलजला गाउपालिका–३ पर्वत बेनीको उत्साही समूहले लकडाउनका कारण प्रभावित भएका विपन्नलाई बुधबार खाद्यान्न वितरण गरेका छन् ।

२१ परिवारलाई सात केजी चामल, एक केजी दाल, एक केजी नुन, २ पोका तेल, २ पोका भुजा, २ थान साबुन, ३ वटा चाउचाउ, एक पोका सोयविनका दरले वितरण गरिएको समूहले जनाएको छ ।

पर्वत बेनीमा बस्ने ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाहरुको पहिचान गरेर खाद्यान्न सहयोग गरेको क्लवले जनाएको छ । समूहका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले सामान वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा वारीबेनीका पदमबहादुर थापाले समूहलाई एक हजार पचास रुपैयाँ बराबरको सामान हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: