कोरोना रोकथामका लागि रघुगंगामा नेकपाको स्वयम सेवक परिचालन

सन्दिप शर्मा
बेनी, १८ चैत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँ कमिटिले कोराना भाईरस रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्ने सरकारको निर्णयलाई सहयोग गर्ने उद्देश्वयले स्वयंसेवक परिचालन गरेको छ ।

गाउँपालिकामा र वडा स्तरमा छुट्टा छुट्टै स्वयंसेवक परिचालन समिती बनाएर परिचालन गरिएको नेकपा रघुगंगा गाउँ कमिटिका प्रवत्ता चन्द्रमान छन्त्यालले बताउनुभयो । गाउँपालिमा गाउँ कमिटी अध्यक्ष दिपक कार्की बिखर्चिकोे संयोजककत्वमा हरि भण्डारी, धु्रब सुवेदी, झलक शर्मा, चन्द्रमान छन्त्याल, इन्द्रबहादुर मगर, गमबहादुर पुन, निरोज शेरपुञ्जा र सुविन शेरपुजा सदस्य रहेको स्वयंसेवक समिति बनाएर परिचालन गरिएको छ ।

त्यसैगरि बेगमा नरसीं पुन, खीम बहादुर पुर्जा, भविन्द्र शेरपुजा, चुक बहादुर पुन र मिरा फगामी, भगवतीमा नरबहादुर भण्डारी, दिपक खत्री, लक्ष्मी कार्की, शिवध्वज कार्की, कुमार भण्डारी, पिप्लेमा गोविन्द रिजाल, विष्णु भण्डारी, समिर दर्जी, चुनबहादुर शाही, तोरण बहादुर कार्की, मुक्तिनाथ सुवेदी, राम वि.क, दग्नाममा युद बहादुर गर्बुजा, खिमबहादुर तिलिजा, फौद गर्बुजा, वि.प्रसाद पुन, धनकुमार शेरपुजा, यमराज पुर्जा लाई स्वयमसेवक चयन गरिएको छ ।

झिं मा गौरी गर्वुजा, लक्ष्मी शेरपुजा, टकदेवी शेरपुजा, पदम शेरपुजा, कृष्ण थजाली, पाखापानीमा दीपा पुन, करिस्मा पुन, टप्रसाद शेरपुजा, प्रतबहादुर शेरपुजा, होम वहादुर पुन र वडा नंम्बर ७ चिमखोलामा ध्रुव पाइजा, ओम पुन, मेजन थापा, मनिषा छन्त्याल र प्रेम पुन सदस्य रहेको स्वयंंसेवक परिचालन समिति गठन गरेर परिचालन गरिएको नेकपा रघुगंगा गाउँकमिटीले जनाएको छ ।

स्वयंसेवकहरुले विश्व व्यापी रुपमा फैलिरहेको भाईरस नियन्त्रण गर्नका सरकारले देशभर नै लकडाउन गरेको निर्णय लाई रघुगंगा गाउँपालिका भित्रका वडाहरुमा पुर्ण रुपमा पालना गराउने, विभिन्न माध्यम बाट जनचेतना मुलक प्रचारप्रसार गरि जनताहरुलाई सचेत गराउने , कोरोना रोगको लक्षण देखिएमा सम्बन्धित ठाउँमा खबर गरि पु¥याउने, कोरोना रोग नियन्त्रण गर्नका लागि भैपरिआउने जस्तो सुकै भूमिका खेल्ने लगाएतको काम गर्ने गरि स्वयंसेवकहरु लाई खटाईएको नेकपा रघुगंगा गाउँ कमिटीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: