बेनपाद्धारा लकडाउनबाट प्रभावित विपन्नलाई आवेदनको आव्हान

बेनी, १८ चैत । बेनी नगरपालिकाले कोरोना रोकथामका लागि प्रभावित भएका विपन्नहरुबाट आवेदनको आव्हान गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समिति अन्तरगतको कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापनका लागि गठित आपतकालिन कार्यसञ्चालन समितिको मंगलबार बसेको बैठकले वडा कार्यालय मार्फत आवेदन फारम भर्न आव्हान गरेको हो ।

संघीय सरकारको राहतको मापदण्ड अनुसार प्रभावितले नागरिकताको फोटोकपी र तस्बिर सहित आवेदन फारम भर्नुपर्ने नगर कार्यपालिकाका प्रवत्ता तथा समितिका सदस्य रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

जति सक्दो वडा कार्यालयमा रहेको फारम भर्नका लागि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका विपन्न तथा अशक्तहरुलाई आग्रह गरिएको छ । संकलित आवेदन फारम वडामा गठन हुने छानविन समितिले छनौट गरेर राहतका लागि नगरपालिकामा सिफारिस गरेपछि सुबिधा पाउने व्यवस्था छ ।

गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले लकडाउनको अवधिमा ज्याला मजदुरी गरि जीवन विताउने मजदुरहरुलाई स्थानीय तह मार्फत जिन्सी राहत दिने गरि नगरपालिकालाई दश र गाउपालिकालाई पाँच÷पाँच लाख रुपैयाका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: