राम्चेमा पशु स्वास्थ्य शिविर

बेनी, २७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा मंगलबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा दुर्गम र विकट क्षेत्रका कृषकहरुलाई घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन भएको हो ।

शिविरमा ४३ जना कृषकले पालेका २५१ बाख्रा, ९२ गाई, ३८ वटा चौरी, १६५ भेडा, ७२ भैसी, ४५० कुखुरा, हास, १६५ खरायो, ८ वटा टर्कीका लागि औषधि वितरण गरिएको थियो ।

कृषकले पशुपंक्षिको स्वास्थ्य समस्या र लक्षणको बारेमा जानकारी गराएको आधारमा औषधि वितरणको साथै परामर्श दिइएको थियो ।

केन्द्रका प्रमुख नारायण कुशुम, प्राबिधिक सुवास रेग्मी, गणेश रिजाल, गाउपालिकाका पशु सेवा शाखा संयोजक प्रकाश जिसी, संगिता पुनले सेवा दिनुभएको थियो ।

कार्यक्रममा अन्नपूर्ण गाउपालिकाका उपाध्यक्ष केशमाया मगरले स्वस्च्छ पशुजन्य बस्तुको उत्पादन र उपभोगका लागि उनिहरुको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो । वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायतको उपस्थिति थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: