जेसीजद्धारा तातोपानीमा कोरोनाबाट जोगिन सचेतनामुलक कार्यक्रम

बेनी, २५ फागुन । म्याग्दी जेसीजले आइतबार बेनी नगरपालिका–४ तातोपानी कुण्डमा विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट जोगिन सचेतनामुलक कार्यक्रम गरेको छ ।

तातोपानी कुण्डमा स्नान गरेर उपचारका लागि देशका विभिन्न ठाउँबाट आएका सर्वसाधारणहरुलाई कोभिड १९ नोबेल कोरोना भाइरसको कारणल, लक्ष्यण र बच्ने उपायको विषयमा पावर पोइन्ट मार्फत प्रस्तुतिका साथै पर्चा वितरण गरिएको छ ।

स्वास्थ्यकर्मी समेत रहनुभएका जेसी कुमार बानियाले सचेतना कक्षासंगै एक हजार २०० थान पर्चा वितरण गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवालले बताउनुभयो । कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्य, म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष खम थापामगर, पुर्व अध्यक्ष बिनय श्रेष्ठ, लगायतको उपस्थिति थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: