ब्यवसायीहरुलाई कर सम्बन्धी तालिम

बेनी, १६ फागुन । म्याग्दीका साना तथा मझौला व्यवसायी करदाताहरुका लागि शुक्रबार देखी बेनीमा दुई दिने कर सम्बन्धी तालिम सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागको आयोजना तथा म्याग्दी उद्योग वाणिज्य संघको सहआयोजनामा तालिम सुरु भएको हो ।

कर सम्बन्धी शिक्षा प्रदान गरि कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालन गर्न, कर फारम भर्दा हुने त्रुटि कम गर्न तथा कर सहभागितामा व्यवसायीहरुको अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका कार्यालय सचिव दिलिप पुनले जानकारी दिनुभयो ।

व्वयसायी र लेखा हेर्ने कर्मचारी सहभागि तालिममा कर र लेखा प्रणालीको विषयमा प्रशिक्षण दिइने बताइएको छ । तालिमको नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश समितिका सदस्य कुबिरकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र महासचिव लीलाराम गौतमको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । पुर्व अध्यक्ष जिवनबहादुर विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो । ८० जनाको सहभागिता रहेको छ ।

तालिमको कर अधिकृत सुन्दरकुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका उपनिर्देशक उद्धव बोहोरा, चाटर्ड एकाउन्टेन्ट दिलमान सिंह चन्द् र राजकुमार राईले सहजिकरण गर्नुहुने जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: