न्यु होराइजन माविको १४ औ अभिभावक दिवस

बेनी, १६ फागुन । जलजला गाँउपालिका–३ पर्वत बेनीमा रहेको न्यु होराइजन आवासीय माध्यमिक विद्यालयले शुक्रबार बिबिध कार्यक्रमको आयोजना गरि १४ औ अभिभावक दिवस मनाएको छ ।

भ्वाइस प्रिन्सीपल नारायण पौडेल र विद्यार्थी रेजिना सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमको जलजला गाउपालिकाका उपाध्यक्ष सिमा गर्बुजाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष गर्बुजा, गाउ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक गोविन्द खत्री, वडा अध्यक्ष रवी भण्डारीले निजी विद्यालयले शैक्षिक सुधारको सकारात्मक प्रयासको सामुदायिक विद्यालयले अनुशरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा पारेर संस्थापक, पुर्व शिक्षक, कर्मचारी, उत्कृष्ट नतिजा ल्याएर उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले गित, कबिता, नृत्य र योग अभ्यासको नमुना प्रस्तुत गरेका थिए ।

शिक्षक भाइरथ पाण्डेले स्वागत गर्नुभएको कार्यक्रममा संस्थापक दलबहादुर जिसी, न्यु वेष्ट पोइन्ट आवासीय माविका भ्वाइस प्रिन्सीपल कृष्ण जिसी, अभिभावक संघका अध्यक्ष रामबहादुर खत्री अभिभावक कमला बानिया थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रिन्सीपल अर्जुन पौडेलले विद्यालयको शैक्षिक, भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: