लागु औषध सहित तिन जान प्रक्राउ

बेनी, ११ फागुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले बागलुङ नगरपालिका–१० भकुण्डेबाट आइतबार लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुई जना र बागलुङका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउपालिका–६ दरवाङका हरि छन्त्याल, बागलुङ नगरपालिका–१० भकुण्डे डल्याङका विशाल थापा र रघुगंगा गाउपालिका–७ चिमखोलाका लक्की पुन रहेका प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो ।

२० वर्षीय दरवाङका छन्त्याल र चिमखोलाका १८ वर्षीय पुन बेनीमा बस्दै आएका छन् । उनिहरुको साथबाट फेनेरागन १० एम्पुल, नफिन १० एम्पुल, डाइजापाम १० एम्पुल लागुऔषध बरामद भएको छ ।

लागू औषध र तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइएको छ । उनिहरु लागू औषध प्रयोगकर्ता र कारोबारी भएको सूचनाको आधारमा प्रहरी पछ्याउदै बागलुङ पुगेको थियो । केही समययता म्याग्दीमा लागु औषध प्रयोगकर्ता पक्राउ पर्ने क्रम बढेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: