विप्लप नेतृत्वको नेकपाका नेता पुन पक्राउ

बेनी, १० फागुन ः सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाको म्याग्दी जिल्ला जनपरिषद् प्रमुख जगेन्द्रबहादुर पुन (जगत) पक्राउ परेका छन् ।

मालिका गाउपालिका–३ अदिभाराका ५६ वर्षीय पुनलाई ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साझ अदिभाराबाट पक्राउ गरेको हो ।

पुन म्याग्दी जिल्लामा एनसेल टावरमा आगजनी, स्थानीय तहका जनप्रतिनिधिहरुलाई जबरजस्ती चन्दा माग गरी आतङकीत बनाएको, कालोमोसो दली अभद्र ब्यवहार गरेको, निर्माण ब्यवसायीका उपकरणमा आगजनी गर्ने कार्यमा संलग्न भएको आरोप छ ।

पुनलाई अनुसन्धानका लागि बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो । उनलाई गत वर्ष पनि प्रहरीले पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनि रिहाई भएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: