युनियन लाइफद्धारा मुत्युदावी रकम हस्तान्तरण

बेनी, २७ माघ । युनियन लाइफ इन्स्युरेन्स कम्पनीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सोमबार बिमितका परिवारलाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ ।

बैदेशिक रोजगारको क्रममा साउदीमा ज्यान गुमाएका भक्तबहादुर पुर्जाकी श्रीमति देवी पुर्जालाई मृत्यु दावी वापतको चौध लाख चालीस हजार रुपैया हस्तान्तरण गरेको हो । पुर्जाले बिदेश जाने क्रममा म्यादी बिमा गर्नुभएको थियो ।

कम्पनीका नायब क्षेत्रीय प्रबन्धक बलराम गौतमले चेक हस्तान्तरण गर्दै बिमा र यसका फाइदाका बारेमा जानकारी गराउनुभएको थियो । वडा सदस्य रुद्रबहादुर तिलिजाको अध्यक्षता, बेनी शाखा प्रमुख सुजन बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सल्लाहकार बेलबहादुर पुर्जा र एजेन्सी म्यानेजर झकबहादुर छन्त्याल लगायतको उपस्थिति थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: