भरतपुर वडा १६ का वडा अध्यक्ष गुरुङको निधन

भरतपुर महानगरपालिका १६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ। क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको महानगरपालिकाले जनाएको छ।

क्यान्सरका बिरामी भए पनि किड्नीको डायलासिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा बिहान पौने ११ बजे उनको निधन भएको जनाइएको छ। स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।

कालिका न्यूज़

Leave a Reply

Scroll to Top
%d bloggers like this: