जापानमा फेरि अर्को शक्तिशाली ताइफु आउँदै

टोकियो । जापानमा ठूलोे आँधी तापाहले तीन दिने लामो बिदाको समयमा जापानका आर्किपेलागो (टापूको समूह) मा हावा हुरी र भारी वर्षा आउन सक्ने जापान मेट्रोलोजिकल एजेन्सीले अनुमान गरेको छ ।

यो वर्षको १७ औं आँधी तापाह शुक्रवार मियाको टापूको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित रहेको बताइएको छ । शनिवार बिहानसम्म ताइफु ओकिनावा प्रिफेक्चरनजिक आउने जोखिम देखिएको छ । ताइफु ओकिनावा क्षेत्रमा प्रति घण्टा १ सय ४४ किलोमिटर दूरी र अनामि क्षेत्रमा प्रति घण्टा एक सय ८ किलोमिटरका दरले बहने अनुमान गरिएको छ । आइतवारसम्म ताइफु पश्चिम जापान क्षेत्र नजिक आइपुग्ने अनुमान छ ।

ताइफुका कारण भारी वर्षा हुने र बाढी पहिरोको जोखिम बढ्ने भएकाले सतर्क रहन जेएमएले आग्रह गरेको छ ।

यही सेप्टेम्बर महिनाको ९ तारिकमा आएको फाक्साई नामक ताइफुका कारण जापानको ठूलो क्षेत्रमा प्रभाव पारेको थियो । सबैभन्दा धेरै प्रभावित बनेको चिवा क्षेत्रका करीब ६ हजार ३ सय भन्दा बढि घर क्षति*ग्रस्त बनेका थिए भने लाखौ घरमा विद्युत प्रवाह रोकिएको थियो । सो क्षेत्रका करिव १५ हजार हजार घरमा विजुली अझै पूर्णरुपमा प्रवाह हुन नसकेको बताइएको छ । साथै ताइफुबाट प्रभावित घर तथा अन्य क्षेत्रको मर्मत गर्ने क्रममा कम्तिमा पनि ३ जनाको ज्यान गएको र १ सय १ जना घा*इते भएको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: