मुस्ताङबाट ३० हजार भेडाच्याङ्ग्रा झर्दै

नेपालीको महानपर्व दशैंलाई लक्षित गरेर हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष ३० हजार बढि भेडा च्याङ्ग्रा नेपालका विभिन्न ठाउँमा विक्रिका लागि झारिदै छन् । प्रयाप्त चरन क्षेत्र, बजार मुल्य, प्राविधिक सहयोग सहित कृषकहरूको भेडापालन प्रतिको आर्कषणले विगतका तुलनामा भेडाच्याङ्ग्राको संख्या बढेको भेडापालक कृषकहरुले बताएका छन् ।

मुस्ताङ जिल्लाकको समेत जिम्मा पाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विक्रि केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमका अनुसार यस वर्ष हिमाली जिल्ला मुस्ताङबाट ३० हजार बढी भेडा च्याङ्ग्रा झर्दै गरेका छन् ।

दशैं तिहारका लागि मुस्ताङका साथै चिनको तिब्वतबाट समेत भेडाच्याङ्ग्रा नेपालका विभिन्न स्थानहरुमा लगेर विक्रि गर्ने गरिन्छ ।हिमाली जिल्ला मुस्ताङका कृषकहरुका लागि भेडाच्याङ्गा्रा आम्दानीको बलियो स्रोत हो । यस वर्ष मुस्ताङ्गी भेडा च्याङ्ग्राको मूल्य १७ हजारदेखि लिएर ३० हजारसम्म रहेको मुस्ताङवाट फर्केका कृष्ण शर्माले जानकारी दिए ।
उनका अनुसार तल्लो मुस्ताङमा फाट्ट फुट्ट भेडा च्याङ्ग्रा झरेका छन् ।

बेनी जोमसोम सडकमा पनि मुस्ताङी भेडाच्याङ्ग्रा आइपुगेका छन् भने म्याग्दीको सदरमुकाम बेनीमा भित्रिने क्रम शुरु भएको छ ।बेनी जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या भएको उनले बताए ।मुस्ताङको सिमा आसपासका क्षेत्रबाट समेत भेडाच्याङ्ग्रा बाहिरिने भएकाले यस वर्ष नेपाली बजारमा मुस्ताङ्गी भेडा च्याङ्ग्राको अभाव नहुने अनुमान गरिएको छ ।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ । गतबर्ष मुस्ताङबाट २६ हजार ४ सय भेडाच्याङग्रा निकासी भएको थियो । भेडापालनलाई प्रमुख पेशा बनाएका कृषकले चरनक्षेत्र सहित चितुवाको आक्रमणबाट जोगाउन धुम्ती चरण र गोठको ब्यवस्था गरेकाले यसबर्ष कम क्षती भएको जनाइएको छ ।
हिमाली क्षेत्रको जडिबुटी खाने भएकोले मुस्ताङ्गी भेडा च्याङ्ग्राको मासु स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।

गत बर्षहरुमा भन्दा यस बर्ष बिभिन्न ठाउँमा कर तिर्न पर्ने भएकाले भेडाच्याङग्रा महंगो भएको व्यापारिहरुको भनाई छ । गत वर्ष २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट १७ हजार देखि २४ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए ।उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप क्षेत्रमा पालेका भेडाच्याङग्रा बजारमा आउन थालेका हुन् ।

मुस्ताङमा रोगीभेडाच्याङ्ग्रा निकासी हुन नदिने गरी स्वास्थ्य परिक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमती दिइने भेटेरीनरी अस्पताल तथा पशु सेवा विक्रि केन्द्र म्याग्दीका प्रमुख कुसुमले बताए ।
मुस्ताङमा भेडाको तुलनामा च्याङ्ग्राको संख्या धेरै हुने गरेको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्कीका साथै देशका विभिन्न जिल्लाबाट भेडाच्याङ्ग्रा गरिद गर्न व्यापारीहरु मुस्ताङ पुगेका छन् ।

व्यापारीहरुले गत वर्ष मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा प्रति गोटा भेडाच्याङ्ग्राको १ सय र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ३५ रुपैयाँको दरले कर तिरेका थिए । मुस्ताङबाट झरेका भेडाच्याङग्रा म्याग्दीको बेनी हुदै काठमाडौँ, पोखरा, चितवन, बाग्लुङ, कुश्मा र पोखरा सम्म पुग्ने गर्छन् ।

बाहिरी जिल्लाबाट आएका ब्यापारीका अनुसार कृषकले नै ब्यापारीको भूमिका निर्वाह गर्न थालेपछि आगामी बर्षमा मुल्य थप आकासिने बताएका छन् । गोठमै महंगो हुन थालेको भेडाच्याङग्रा मुस्ताङ बाहिरबाट खरिद गरेर मुस्ताङीले आफ्नो गोठसम्म ल्याउने गरेका छन् । मुस्ताङ बाहिरबाट आएका नेपाली ब्यवसायीले सिधै तिब्वती भेडाच्याङग्रा खरिद गर्न पाउँदैनन् । तीनमहिना अगाडीबाटै ब्यापारीले भेडाच्याङग्रा बुकिङ गर्ने गरेका थिए । File photo

बेनि अनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: