एम्बुलेन्स संचालनको सहयोगार्थ काभ्रेपलान्चोक सेवा समाज कतारले सास्कृतिक कार्यक्रम गर्दै

दोहा, कतार –  ज़िल्लाको विकट ठाउँमा एम्बुलेन्स सन्चालनको लागि सहयोग पुर्याउने उदेश्यले काभ्रेपलान्चोक सेवा समाज कतारले सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।

संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा आगामी सेप्टेम्बर २० तारिखमा विभिन्न कलाकारको प्रस्तुतिमा कार्यक्रम गर्ने भएको हो ।

“आत्मनिर्भर र समृद्ध काभ्रेको परिकल्पना सम्पुर्ण प्रवासी काभ्रेलीको चहाना” भन्ने मुल नारा सहित सन् २०१६मा स्थापित संस्थाले स्थापना कालदेखीनै समाज सेवामा लागेको अध्यक्ष नारायण बिष्टले बताए । नेपाली कला र संस्कृतिको संरक्षण गर्दै एम्बुलेन्सको लागि सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको अध्यक्ष बिष्टले बताए ।

अल दल्ला ड्राइभिङ स्कुल सनैयाको थिएटर हलमा हुने कार्यक्रममा गायीका श्रृजना हुमागाइँ संगै स्थानिय कलाकारहरु, सिर्चन तामाङ, कुमार ओख्रेली, आशा राई, जंगे तामाङ लाेप्चन, दिल्पु माेक्तान, मणिराज तामाङ, इन्द्र तामाङ, सुन्तु तामाङ, अस्मिता पाख्रीन तामाङ, श्री पाख्रीन तामाङ, बाबुलाल घिसिङ (आदम), सुबिसा तामाङ लगायतका कलाकारको प्रस्तुति रहने संस्थाका सांस्कृतिक बिभाग संयोजक ज्ञानमान थिङ तामाङ (तारा) बताए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: