चितवनबाट रबि लामिछानेको सम्बोधन , धेरैको आशिर्वाद पाएको शिर कसैका सामु झुकाउने छैन (फोटो फिचर)

१० भदौ २०७६, चितवन । सञ्चारकर्मी रवि लामिछाने सोमबार प्रहरी हिरासत बाट मुक्त भएपछि मङ्गलवार पहिलो पटक चितवनको नारायणी नदीको तिरमा सम्पूर्ण जनता र समर्थकहरूलाई धन्यावाद दिनका लागी आयोजित ‘धन्यावाद सभा’लाई सम्बोधन गर्दै रविले आफूलाई अझै जनताको पक्षमा काम गर्ने हौसला मिलेको बताएका छन् । मङ्गलवार दिउँसो २ बजे देखी चितवनको नारायणी नदी तिरमा सुरु भएको ‘धन्यवाद सभा’मा लामिछानेका लाखौँ समर्थक फूलमाला बोकेर रविलाई शुभकामना दिन आएका थिए ।

रवि लामिछानेले सम्बोधन गर्दै गर्दा सहभागीहरु खुशीले ताली र सिठ्ठी बजाउँदै समर्थन जनाए । रवि लामिछानेले देश विदेशमा रहेका जनता र समर्थकहरुलाई आफ्नाे रिहाइका लागि गरेकाे संघर्षप्रति धन्यवाद दिँदै आफू सधैँ जनताको आवाज बोल्ने प्रतिबद्धता जनाएका छन् । रवि लामिछानेले सरकार र नेताहरुको कार्य र सोचले गर्दा देश अहिले यो अवस्थामा छ र आफू कहिल्यै पनि राजनीतिमा नआउने, तर आफ्नो संचारकर्मीको पेशालाई सधैँ उच्च ठाउँमा राखेर जनताको आवाज टेलिभिजनबाट बुलन्द गर्ने बाचा गरे ।

आफ्नो सम्पतिकोबारेमा आएको टिप्पणीलाई लिएर रविले भने, “सरकारले मेरो सम्पति हेरे हुन्छ, मेरो ऋण देख्दा सरकार ढल्ने हुन् कि भन्ने पो डर छ ।”

Leave a Reply

Scroll to Top
%d bloggers like this: