कतारको एक प्रतिष्ठित कम्पनीद्धारा चौधरी र गुरुङ नगद इनामद्धारा पुरस्किृत

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले जनही १५ हजार रियाल इनाम पाएका छन् । इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपल्क्ष्यमा नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् ।

सन् २००९ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका दाङ निवासी चौधरी कामप्रतिको इमान्दारिता र लगावको कारण एक सक्षम ट्रेड वर्करसमेत भइसकेका छन् ।
दुई छोरा र एक छोरीका पिता चौधरीले नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरेर नै घ जग्गा जोड्न सफल भएका छन् । यस कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका चौधरी कम्पनीको मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफु पराई भुमीमा भएजस्तो पनि नलागेको बताए । उनले आफुले प्राप्त गरेको इनाम रकम घरखर्च लगायत छोराहरुको पढाईमा खर्च गर्ने बताए ।

ताप्लेजुङ निवासी कृष्णबहादुर गुरुङ पनि हेल्परमै सोही कम्पनीमा आएका हुन् अहिले कृष्णबहादुरले नजानेको काम भनेको केहीपनि छैन उनी सवै काममा दख्खल भइसकेकाछन् ।
अल नासर इन्तरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताइसकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना एक छोरा र एक छोरीलाई राम्रो शिक्षदिक्षा प्रदान गरेकाछन् भने घरको आर्थिकस्थिति पनि राम्ररी सुधारेका छन् ।

कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको कृष्णबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । आफनो लागि यो रकम ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराछोरीको पढाइमा समेत खर्च गर्ने बताए । नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरिरहदा आफुले आर्थिक प्रगति गर्न र मनग्य सिप आर्जन लगायतको दुई महत्वपुर्ण उपलब्धी हासिल गरेको बताए ।

नासर अल अली इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुहरुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुहरुलाई पुर्ण विश्वास लागेको इनामका भागिदार चौधरी र गुरुङ दुवैको भनाई थियो ।

कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेकाछन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु यस्तै यस्तै पुरस्कार, इनामहरुबाट लाभान्वित भइकाछन् ।
कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेकाछन् ।

मुग्लानिखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: