वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन ।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ ।  उनको बिहीबार बिहान ४ बजे निवासमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनले नेपाली साहित्य जगतलाई तीन दर्जन बढी कृति दिएका छन् । २०३९ सालमा  उनकाे  ‘माधवी’ उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो ।

उनलाई नेपाली साहित्यको धरोहरको रुपमा लिने गरिन्थ्यो । वैदिक-पौराणिक साहित्य लेखनका महान साधक, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनले नेपाली साहित्यको क्षेत्रलाई अपुरणिय क्षति पुगेको छ ।

उनको पार्थीव शरिर अहिले निवासमै राखिएको छ । अन्तिम श्रद्धाञ्जली दिन दीक्षितको निवासमा मानिसहरुको घुँइचो लागेको छ । साहित्यकार, कलाकार, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता लगाएतको निवासमा उपस्थिती रहेको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई निवासमै पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमा निवास पुग्ने कार्यक्रम रहेको छ । दीक्षितका श्रीमती, ४ छोरा र १ छोरी छन् । दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

साभार : नयाँपत्रिका दैनिक

Leave a Reply

Scroll to Top
%d bloggers like this: