रविलाई सिध्याउने योजना बनेक़ो हुनुपर्छ – विनोद त्रिपाठी

शालिकराम पुडासैनीको भिडियो हेर्दा र केहि समय यता मात्र ३ वटा साना मिडिया (२ वटा अनलाइन र १ साप्ताहिक पत्रिका) का समाचार हेर्दा लाग्छ, रवि लामिछानेलाई फँसाएर सिद्ध्याउने यो गुरुयोजना कति निर्दयी, कति आततायी प्रबृति र आपराधिक नियत भएका अपराधीहरुबाट भएको पुष्टि हुन्छ ।

नेपालमा अहिले बिभिन्न अनलाइन र Blog गरेर ३२ हजार भन्दा बढि इन्टरनेटका संचार साधन छन् । न्युज पोर्टल नै १५ सय बढि पुगिसके । तर, केवल २ वटा अनलाईन १ साप्ताहिक पत्रिका मात्र मिसनको रुपमा लगातार रवि जीलाई समाप्त पार्न लागीरहे । प्रहरीको प्रयोगशाला ल्याबबाट भिडियो र यसका कथित बिबरण एक्कासी यी ३ वटा मिडियामा मात्र कसरी आए ? यो गंभिर बिषय हो ।

भिडियो सार्बजनिक भएपछि मात्र अन्य मिडियामा समेत यो समाचार फैलियो । नत्र, केवल ती ३ वटा मिडियाले मात्र रवि जी लाई खेदो खनिरहे । यिनै मात्र ३ वटा मिडियासंग जोडिएका पात्र मार्फत केहि बर्षदेखि रविलाई नेपाल बस्नै नदिने आधा दर्जन षडयन्त्रहरु भए । ति सबै योजना निरर्थक भएपछि अब कुनै हालतमा फेल नहुने गुरुयोजनाका साथ शालिकराम पुडासैनी मार्फत रवि जी लाई सदाका लागि सिद्ध्याउने यो भब्य र आपराधिक प्लानिङ रचिएको भिडियोले स्वत प्रमाणित गरिदिएको छ ।

कुनै एक नेपालीले गलत योजना बनाउँछ । हल्ला फैलाइदिन्छ र भीड जम्मा गरिदिन्छ । अनि, हामी त्यहि भीडको पछि लाग्छौं र भीडले हो हो भनिदिएकै भरमा बहकिन्छौं । यसले कयौं असल र सफल नेपालीलाई समाप्त पारिदिएका उदाहरणहरु छन् ।
केहि समय अघि भीडले काभ्रे जिल्लाको धुलिखेलमा एक शिक्षकलाई महिला माथि बसमा सिरिन्ज रोपेको आरोप लगायो । यस्तै काइते १÷२ अनलाईनले शिक्षकलाई अपराधी घोषित गरेर समाचार प्रकाशित गरिदिए । पछि प्रहरी अनुशन्धानबाट पत्ता लाग्यो ।

ती शिक्षक त बिल्कुल निर्दोष रहेछन् । बिचरा ति शिक्षकले जिवनभरि नेपाली भीड र नेपाली मिडियालाई सदाका लागि बिश्वास नगर्ने भनेर घर फर्किए । केहि बर्ष अघिको कुरा हो । नेपाली फिल्म क्षेत्रका सर्बाधिक सफल नायक राजेश हमालसंग एकजना महिला काठमाडौं आएर राजेश हमालसंग मेरो बिबाह गर्दिनुस भन्दै काठमाडौं आइन । सडकमा चिच्याइन् । बिभिन्न मिडिया कार्यालय पुगिन । हमाललाई ति महिलालाई विवाह गर्ने आश्वासन दिएर बर्षोंदेखि सौदाबाजी खेलेको आरोप लाग्यो । त्यतिबेला यतिधेरै सामाजिक सजाल प्रयोगकर्ता र अनलाईन मिडिया थिएनन् । यो खबर भाइरल हुन त पाएन । तर, भएका सबै मिडियामा संप्रेक्षित भयो ।

पछि, अनुशन्धानबाट पत्ता लाग्यो, मानसिक सन्तुलन गुमाएकी ति महिला राजेश हमालसंग एकोहोरो पागलप्रेमी भएर त्यो हर्कत गरेकी रहिछन् । अनाहकमा त्यो बेला राजेश हमालले केहि दिन तनाव ब्यहोरेका थिए । यस्ता सयौ उदाहरण छन्, गलत नियतले कुनै ब्यक्तिले पर्दा भित्र बसेर षडयन्त्र बुनेको हुन्छ । त्यहि षडयन्त्रलाई बाहिर ल्याएर निर्दोष मानिसलाई फसाइन्छ । अनि, हाम्रो भीडले अपराधी करार गरिदिन्छ । यो खालको घिनलाग्दो खेल खेल्ने पात्रलाई हामी केहि सचेत नेपालीले अझै चिन्न नसक्दा निकै बिडम्वना लाग्छ ।

किन रवि जी प्रति यत्रो गुरुयोजना रचियो ? आम सचेत नेपाली फेरि एक पटक गंभिर हुनुपर्ने बेला आएको छ ।
१, पहिलो कुरा, रवि लामिछाने यो घडीमा आइपुग्दा बिश्वले नेपाल चिन्दा र बिश्वभरका मानिसले नेपाली मिडियाकर्मीलाई सम्झिनुपर्दा, गुगल लगायतका सर्च इन्जिनबाट खोज्दा नंबर एकको सबैभन्दा माथिल्लो सिंढीमा उनि मात्र छन् । जब रवि जि ले टेलिभिजन प्रस्तोता मार्फत वर्ड रेकर्ड राखेर गिनिज बुकमा नाम लेखाउन सफल भए अनि एक÷दुई जना नेपाली रिसले जलेर उनका बिरुद्ध लगातार उनि माथि खनिरहे । यी बिषयका बारेमा बिगतका दर्जनौं उदाहरण छन् । यावत षडयन्त्रका बाबजुद पनि रवि जि नेपालको मिडियामा नंबर एकमै दरिरहे । (हेर्नुस, सामाजिक संजाल र नेपाली मिडियाको कुनै एक ब्यक्तिको ट्रेण्ड । ट्रेण्ड नंबर वानमा बिश्वभरका सर्च इन्जिनले नेपाली मिडिया खोज्दा रवि जि मात्र देखाउँछ ।)
२, हामी नेपाली कसैलाई सिद्ध्याउन निकै सिपालु छौं । तर, आँफै नयाँ केहि सृजना गर्न सक्दैनौं । रवि जि ले यहि नयाँ सृजना गरेर नेपालको टेलिभिजन इतिहासमा न्याय र अन्यायको पर्दाफास गर्ने नयाँ आयाम बसाइदिए । रवि जीको जस्तै नक्कल गर्न धेरैले खोजे । तर सकेनन् । उनको जस्तै नाम कमाउन खोजे । त्यो पनि सकेनन् । अनि, नसकेपछि उनकै बिरुद्ध बनेर बेलाबेलामा अनेक हर्कत देखाउँदै गए । त्यो षडयन्त्रको यो खण्डमा शालिकराम पुडासैनी मार्फत उनकै जिवन समाप्त पारेर रवि जिलाई निमिट्यान्न पार्ने खेल शुरु गरियो । जस्ले गर्दा आज ती अपराधीले शालिकरामलाई पनि सिद्ध्याए । रवि जिलाई समाप्त गर्न कुदिरहेका छन् ।
३, उमेर पुगेर कालगतिले मर्ने बेलामा मात्र मानिसले सत्य बोल्ने हो । बृद्ध अबस्था भएपछि मृत्यु हुने निस्कने बोली सत्यमा आधारित हुन्छ । तर, अप्राकृतिक रुपमा मर्ने ब्यक्तिले सत्य बोल्ने संसारमा कहिल्यै उदाहरण छैन । शालिकराम पुडासैनी डिप्रेशनका रोगी रहेछन् । यो एक प्रकारको गंभिर मानसिक रोग हो । उनले स्वंय यो कुरा सार्बजनिक गरेका छन् । यदि उनको यो आत्महत्या हो भने उनले ब्यक्त गरेका बिषय होसमा नभइ बेहोसमा बोलेका हुन् । त्यस्तो बेहोसी र मानसिक रोगी भएका ब्यक्तिले बोलेका बिषय कहिल्यै तथ्य र सत्यमा आधारित कहिल्यै हुँदैन ।
४, पुडासैनीको भिडियो हेर्दा र उनको मृत्यु भएको घटनास्थलका बिबरणले आत्महत्या भन्दा कसैबाट हत्या भएको धेरै हदसम्म संकेत गर्छ । जस्ले गर्दा अपराधीले पुडासैनीको भिडियो बनाएर उनलाई मारेपछि रवि जि लाई समाप्त पार्ने अन्तिम योजना बनाएको देखिन्छ ।
५, भिडियोमा पुडासैनीले भनेकै आधारलाई एकछिन मान्ने हो भने पनि हरेक कुरा नक्कली अभिनय गर्न लगाएको मात्र देखिन्छ । जस्तै, करोडौंको सम्पत्ति भएको मान्छेलाई १८ हजार ५ सय किस्ता तिर्नुपर्ने ऋण कसरी लाग्यो ?, भिडियोमा अरु मान्छेको हात र आवाज छ, यो के हो ? मानौं, रवि जीले त्यत्रो दुख दिएका रहेछन् । फेरि मर्ने बेलासम्म किन रवि जिसंगैको तस्विर फेसबुक प्रोफाइलमा राखियो ? त्यसैले, पुडासैनीको थोरै असन्तुष्टिमा टेकेर अपराधीले उनै पुडासैनीलाई नराम्रोसंग प्रयोग गरेको स्वत देखिन्छ ।
६, रवि जि को आफ्नै स्तरका ब्यक्तिसंग मात्र प्रतिस्पर्धा हुन्छ । हरेक मानिसले आफ्नै स्तरका मानिससंग मात्र इगो लिन्छ । यसमा रवि जिको पुडासैनीसंग कुनै स्तर वा कुनै बार्गेनिङका लेवल नै मिल्दैन । यो सोच्नै नसक्ने बिषयले पुडासैनीको आत्महत्या भन्दा हत्या भएको अनुमान गर्न सकिन्छ ।
७, नेपालमा अधिकांश मिडिया आर्थिक रुपमा निकै कमजोर छन् । न्युज २४ टेलिभिजन पनि यहि सामान्य अन्तर्गतको टिभी थियो । जब रवि जि र उनको समुहले ‘सिधा कुरा’ कार्यक्रम चलाए, तब यहि कार्यक्रमको लोकप्रियताकै आधारमा मात्र यो टिभीको चर्चा शुरु भएको हो । यसमा रवि जि र उनको टिमको मात्र ठुलो योगदान छ । यो प्रभावकारी कामलाई निस्तेज पार्न टिभी भित्र र बाहिरबाट समेत रवि जि को ‘सिधा कुरा’ कार्यक्रमलाई बदनाम गर्न प्रयास भएको भिडियोमा ब्यक्त कुराबाट सोझै बुझ्न सकिन्छ ।
८, सिधा कुरा कार्यक्रम चलाएपछि रवि जीले भ्रष्टाचारी, खराब ठेकेदार, अपराधी, गलत राजनीति गर्ने नेता, माफियाहरु, दलाली लगायत यो समाजका सबै खराब मानिसलाई शत्रु बनाए । यी ब्यक्तिहरु अहिले बिभिन्न शक्तिकेन्द्रमा अड्डा जमाएर बसेका छन् । हो यिनैको शिकार मात्र बनेका हुन् रवि जी ।
९, अपराधको अनुशन्धानको काम प्रहरीको हो । फैसला गर्ने काम न्यायालयको हो । यहाँ रवि जी र उनको टिमका सदस्यलाई परेको समस्याका बारेमा न्यायाधीश वा प्रहरीले गर्ने कामको ब्याख्या गर्ने प्रयास गरिएको होइन । रवि जीले अनुशन्धानमा सहयोग गर्छु र प्रहरी–अदालतले बोलाएको बेला उपस्थित भएर पुडासैनीको न्यायका लागि सहभागी हुन्छु भनिसकेपछि आएका क्रिया प्रतिक्रिया प्रतिका निष्पक्ष अभिब्यक्ति मात्र हुन् । पुडासैनीको मृत्युमा न्याय मिल्नुपर्छ । उनको सच्चा श्रद्धाञ्जली चाहनेले प्रहरीको छानविन र अदालतको फैसलालाई पर्खन धैर्य गर्नेपर्छ ।
१०, शालिकराम पुडासैनीको मृत्युको यो घटनामा भिडियो सार्बजनिक गर्ने ब्यक्ति, पहिलो समाचार प्रकाशित गर्ने २ अनलाइन, एक साप्ताहिक पत्रिकाबाटै अनुशन्धान थाल्नुपर्छ । यहिबाट शुरु हुनेछ, अपराधको खेल कसरी, कहाँबाट र किन शुरु भयो ? सबै छर्लंग हुनेछ ।
(किनकी यहाँ अपराध गर्नेहरुले नेपाली समाजलाई इतिहासदेखि बर्तमानसम्म अपराधीकरण गरिरहेका छन् ।)

Binod Tripathi सरबाट साभार!

Leave a Reply

Scroll to Top
%d bloggers like this: