टोकियो। एनआरएन जापानको आपातकालिन राहतकोष संकलनार्थ आयोजित सांगितिक कार्यक्रमको लागि युवायुवतीमा चर्चित‘ दएजब्याण्ड‘ हिजो टोकियो आइपुगेको छ।
आज टोकियो स्थित नाकानो जिरो हलमा अपरान्ह ५ बजेबाट “द एज ब्याण्ड लाईभ इन टोकियो “कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक एनआरएन जापानले जनाएको छ।
कार्यक्रममा सहभागि भै आ–आफ्नो स्थानबाट सहयोग गरिदिन जापानवासी नेपालीहरुमा एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाले अपिल गर्नु भएको छ।
विधार्थीका लागि टिकट ३ हज़ार एन , अग्रिम टिकट बुकिङ ३,५००येन, हलमा टिकट दर ४००० येन र स्पेशल टिकट दर १०,००० येन रहेको कार्यक्रम संयोजक सचिन श्रेष्ठले जानकारी दिनु भएको छ।