आज नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै , खेल अघोषित फाइनल ।

टि-२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आज नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो। खेल नेपाली समय बिहान ७:१५ बजे सुरु हुनेछ।

सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल नतिजाविहिन रहंदा १/१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थिए जसपछि दोश्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेश्रो खेलमा कुवेतलाई ७ विकेटलेनै पराजित गरेको थियो।

इतिहासको कुरा गर्दा नेपाल र सिंगापुरले सिंगापुरसंग हालसम्म ३ वटा टि-२० खेल खेलेको छ। त्यस मध्ये २ वटा नेपालले जितेको छ भने एउटा खेल वर्षाले नतिजाविहिन रहेको थियो। सिनियर स्तरमा हालसम्म टि-२० र एकदिवसीयमा सिंगापुरले नेपाललाई पराजित गर्न सकेको छैन।

 

स्रोत – विकेट नेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: