नेपाल टीभीमा ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडौं : कि इन्टरटेनमेन्टले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रम ल्याएको छ । नेपाल टेलिभिजनमा २०७५ कात्तिक १९ देखि हरेक सोमबार राति ८:५० मा यो कार्यक्रम सुरु भएको छ ।

विश्वभरका विभिन्न टेलिभिजन च्यानलमा निकै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक सोको फम्र्याट पछ्याउँदै नेपालीपन र मौलिक प्रस्तुति समावेश गरी यो कार्यक्रम ल्याइएको की इन्टरटेनमेन्टले जनाएको छ । कार्यक्रमले फरक कमेडी प्याकेज दर्शकमाझ प्रस्तुत गर्नेछ ।

नेपाली कलाजगत्का हस्तीहरू राजाराम पौड्याल र दीपा श्री निरौलाको प्रमुख उपस्थिति रहने कार्यक्रममा राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’लगायतका कलाकारको पनि प्रस्तुति रहनेछ ।

जितु नेपालले कार्यक्रम सञ्चालन गर्दै छन् । नेपाली हास्यव्यंग्य विधामा जितु नेपालको नाम आफंैमा एक परिचय बनिसकेको छ । देशविदेशमा उनका लाखौं प्रशंसक छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: