हेर्दा लाज नहुने समाजको निर्माण गरेका छौँ : प्रधानमन्त्री ओली

वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्दा लाज नहुने समाज निर्माण गरेको दावी गर्नुभएको छ ।

संसदमा विश्वासको मत लिने प्रकृयामा आफ्ना भाइइहरु राख्दै उहाँले सडक वालवालिकाको अन्त्यसँगै उनीहरुको भविष्य उज्जवल तर्फ अघि बढाएको, तुईनहरु विस्थापित गराएको, सुरुङ युगमा प्रवेश गराएको, मेलम्चीको पानी ल्याएको लगायतका सफलताले देश समृद्धिको यात्रामा रहेकाले सवैले पार्टीलाई भुलेर मत दिन आह्वान गर्नुभयो ।

एक महिला अपाङ्गता भएका व्यक्ति लगायत कोही कसैको अभिभावक छैन भने सरकार अभिभावक र साहारा बनिरहेको भन्दै कहिकतै अपुग भएको विकासका कामलाई आगामी दिनमा पूर्ण गराउने दावी गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: