संसदमा विश्वासको मत: देउवाले भने> प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुहोस अहिलेको अवस्था कसले ल्यायो ?

वैशाख २७ । आज प्रतिनिधि सभाको विशेष अधिवेशन जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत मागिसक्नुभएको छ । आफूले गरेका र आगामी दिनमा गर्ने कार्यहरुवारे बताउँदै ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेपश्चात अहिले दलीय आधारमा नेताहरुले बोल्नेक्रम जारी रहेको छ । अहिले पहिला नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा आफ्ना भनाइहरु राखिरहुनभएको छ ।

उहाँले संविधान निर्माणमा रगत पसीना दिने सहिदहरु देखि नयाँ पिढीहरुलाई सम्वोधन गर्दै कोभिडले आक्रान्त देश र जनतालाई चाँडै कोभिड मुक्त गराउन सवै लाग्नुपर्नेमा जोड दिनुभयो । साथै कोभिड का कारण निधन भएकाहरुप्रति श्रद्धान्जली दिँदै देउवाले राजनीतिक गतिविधिहरु लोकतान्त्रीक मुल्य मान्यतामा आधारित भएर अघि वढ्नुपर्छ भन्नुभयो । अहिलेको राजनीति संविधान र नैतिक धरातलमा उभिएको छ के देश नेपाली जनताको हितमा छ उहाँले प्रश्न गर्नुभयो ।

संसदीय चुनावपछि झण्डै दुइ तिहाई मत प्राप्त गरी सरकार चलाएर तीन वर्ष पुरा हुँदा पुन विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नु को जिम्मेवार छ यसको जवाफ जनतालाई दिनुपर्ने देउवाले बताउनुभयो । यसको सवै जिम्मेवार प्रधानमन्त्री भएको र कार्यकारी अधिकारी प्रधानमन्त्रीलाई रहेपछि प्रतिपक्ष पनि सहयोगी भूमिका निर्वाह गरिरहेको दावी गर्नुभयो ।

प्रधानमन्त्रीलाई सहयोग गर्दा विपक्षिको भूमिकामा प्रश्न उठेको भन्दै सरकारका सकारात्मक कार्यलाई हरप्रहर समर्थन गरेको र विपक्षिलाई आरोप लगाउँदै प्रधानमन्त्री भाग्न नमिल्ने देउवाको भनाई थियो ।
कोभिड का कारण जनताले आइसीयू भेन्टिलेटर नपाएर ज्यान गुमाउन परेको भन्दै सरकारले यसको रोकथामका लागि पहल नगरेको आरोप लगाउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: