गैंडाको खाग किनबेचमा संलग्न आरोपमा थप एक पक्राउ

चितवन, वैशाख २५। चितवन राष्ट्रिय निकुञ्जले खाग तस्कर गरी किनबेच गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार धादिङ घर भई हाल नारायणगढमा बस्दै आए ३४ वर्षीय कबिर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

श्रेष्ठ बारे थप अनुसन्धान भइरहेको बरालले जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठ खाग किनबेचमा संलग्न हुनुको साथै गैंडा मार्नका लागि पनि निकुञ्ज भित्र प्रवेश गरेको निकुञ्जको भनाई छ । श्रेष्ठसँगै निकुञ्जले गैंडा मुद्धामा चालु आर्थिक वर्ष २०७७/७८ मा मात्रै २४ जनालाई पक्राउ गरीसकेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: